सपनाहरु कति भारि भए पनि कति मुस्किल भए पनि मान्छेलाई खै किन हो यति प्रिय लागेको यो सपना भन्ने चिज जस्लाई पाउन भनौं साकार पार्न एकोहोरिएर , लट्ठिएर हजार दु:ख भोग्दै हजार पीडा झेल्दै पछि पछि लागिरहनु पर्ने जिन्दगीका पाइलाहरुले सायद! सपना र संघर्षको नाता नै यस्तै कोरिएको हुन्छ क्यारे जिन्दगीको क्यानभाषमा। हुन त देवकोटाले भने जस्तै साग र सिस्नु खाएर मात्र पनि दुखिया आदर्शको महान जीवन बाँच्न नसकिने रहेछ चल्न नसकिने रहेछ यो दुनियाँमा र त उड्नु पर्छ सपना बोकेर जिन्दहीहरु काठ्माण्डौंको माथि - माथि निलो आकाशको बाटो गरेर समुन्द्र पारिको गन्तब्यमा मनलाई गाँठो पार्दै... सपनालाई रङ् - बिरङ्का रङ्हरुले भरौं भन्दा - भन्दै बाकसमा बन्द भएर फर्कनु पर्छ जिन्दगीहरुले आफ्नो बुढा - बुढि बुवा - आमा सासू - ससुरालाई एक्लै छाडेर पर परदेशमा
मर्मस्पर्शी र उत्प्रेरणात्मक साहित्यको संगालो