सपनाहरु
कति भारि भए पनि
कति मुस्किल भए पनि
मान्छेलाई
खै किन हो
यति प्रिय लागेको
यो सपना भन्ने चिज
जस्लाई पाउन
भनौं साकार पार्न
एकोहोरिएर,लट्ठिएर
हजार दु:ख भोग्दै
हजार पीडा झेल्दै
पछि पछि लागिरहनु पर्ने
जिन्दगीका पाइलाहरुले
सायद!
सपना र संघर्षको नाता नै
यस्तै कोरिएको हुन्छ क्यारे
जिन्दगीको क्यानभाषमा।
हुन त
देवकोटाले भने जस्तै
साग र सिस्नु खाएर मात्र पनि
दुखिया आदर्शको
महान जीवन बाँच्न नसकिने रहेछ
चल्न नसकिने रहेछ यो दुनियाँमा
र त उड्नु पर्छ
सपना बोकेर जिन्दहीहरु
काठ्माण्डौंको माथि-माथि
निलो आकाशको बाटो गरेर
समुन्द्र पारिको गन्तब्यमा
मनलाई गाँठो पार्दै...
सपनालाई
रङ्-बिरङ्का रङ्हरुले
भरौं भन्दा-भन्दै
बाकसमा बन्द भएर
फर्कनु पर्छ जिन्दगीहरुले
आफ्नो बुढा-बुढि बुवा-आमा
सासू-ससुरालाई
एक्लै छाडेर
पर परदेशमा
कस्को हो कस्को बुवा-आमाको
सेवा गर्नु पर्छ जिन्दगीहरुले
यहि सपनाको लागि...
कास
स्वदेशमा पनि
सपनाहरु
फुल्ने-फल्ने ठाउँ भएको भए
सपनाकै निम्ती जिम्दगीहरुले
प्राण छाड्नु पर्ने थिएन होला
परदेशि माटोमा
रुनु पर्ने थिएन होला
परदेशि माटोमा
मन टुक्र्याउनु पर्ने थिएन होला
परदेशि माटोमा
सपना र संघर्षको
कति मीठो मिलन हुने थियो होला
आफ्नै माटोमा
आफ्नै बाटोमा
अनि मुस्कुराउँथे होलान
जिन्दगीहरु
खुशि छर्दै-छर्दै
अधर भरि-भरि.......
-कुङबा कान्छा
# कविता लेखन कस्तो लाग्यो हजूरलाई? कृपया कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला है!
www.mukumlung.com
सहि लेखन 👍️
ReplyDeleteधन्यवाद हजूर🙏
Delete