Skip to main content

अदुवा बारिमा रमाउँदै


गजल


चोट नलाउने  कुनै, तरवार हुँदैन 

असफलता नै अन्तिम,हार हुँदैन। 


लडिन्छ,अनि मात्र सिकिन्छ उठ्न

बिना संघर्ष,सपना,साकार हुँदैन। 


जीवन छ,र पो सुख र दु:ख पनि छ

डुङ्गा  नखियाइ, नदी पार  हुँदैन। 


रात पछिको दिन,अवस्य आउने छ

सदैब, अन्धकारमय, संसार  हुँदैन।


-कुङ्बा कान्छा


 

Comments

Popular posts from this blog

माया (लघु कथा)

                                         शहरकै एउटा धनाढ्य ब्यापारीले एउटी सुन्दरी केटी संग विवाह गर्‍यो उनिहरु बाट एउटा छोराको पनि जन्म भयो तर बिस्तारै त्यो ब्यापारीलाई आफ्नी श्रीमती मन पर्न छाड्यो।उस्को मन डुल्न थाल्यो।आखिरकार अर्कै नव यौवना युवती माथी त्यो धनाढ्य ब्यापारीको मन बस्न पुग्यो।बिस्तारै उनीहरु आफ्नो गोप्य प्रेमलाई विवाहको स्वरुप दिने निर्णयमा पुगे।जस अनुरुप त्यो धनाढ्य ब्यापारीले एउटा विशाल बङ्गला,दुइ करोड्को कार र एक करोड ब्यङक ब्यालेन्स दिने र नाबालक छोरा पनि आफ्नी आमाकै साथमा रहने सहमतीमा जेठी श्रीमती संग पारपाचुके गर्‍यो र बाँकि बचेको सारा सम्पती तीनै नवयौवना प्रेमीकाको नाममा नामसारी गरेर टाढाको अर्कै शहरमा त्यो ब्यापारी आफ्नी प्राण प्यारी प्रेमिकाको साथमा विलासिता र प्रेममय जीवन ब्यतित गर्न थाल्यो।       दिन,महिना र वर्ष हुँदै समय बित्दै जाँदा दुर्भाग्यबश त्यो धनाढ्य  ब्यापारीलाई भयानक रोग आइलाग्यो।देशको धेरै अस्पतालमा उपचा र गर्दा पनि रोग ठिक न...

"बेसहारा पाइलाहरु (कथा)

बिछ्यौनामा   कोल्टो   फर्कन्दै   बोल्छिन्   बोजू -" ए   बुढो   किन   नसुतेको   निन्द्   परेन   हो ?"  -" हैन   भोलि   त   नयाँ   बर्ष   हो   नि !  एक   नबजि   निदाउन   हुन्न   रे   नि   त   नत्र   २   साल्   निदाएको   हुन्छ   रे   त्यसैले " मन्द   आवाजमा   जवाफ   दिए  बाजेले। -" नयाँ   बर्षको   करणले   त   अवस्य   हैन   होला ?" रहस्य   जान्ने   कोशिस   गर्दै   बोलिन्   बोजू।   बोजूको   कुरो   सुनेर   पनि   बाजे   स्तब्ध   रहि   रहे।   बाजेको   त्यो   स्तब्धता   देखेर   फेरि   बोलिन्   बोजू -" मनमा   धेरै   पीर   लागेर   निद्   परेन   हो   बुडो ?"  बाजेले  " उँ "  भन्ने   छोटो   जवाफ   दिए।   एक   क्षण   दुबैम...