-"डाक्टरले के छ भन्यो?" -"छोरी छ रे" -"छोरी....." -"अँ" -"तिमीलाई के मन पर्छ?" -"मलाई त छोरा मन पर्छ" -"मलाई पनि छोरा नै मन पर्छ।पहिलो सन्तान छोरा नै होस जस्तो लाग्छ" -"त्यसो भए के गरौं त?" -"जन्माउने तिमी तिम्रै बिचार" -"त्यसो भए यो बच्चालाई नजन्माउ न त हुन्न?" -"हुन्छ,बरु एउटा सन्तान जन्माउ तर छोरा नै जन्माउन त" -"ल हुन्छ" श्रीमान-श्रीमती दुबै जना हस्पिटल जान्छन र गर्भमा रहेको छोरीलाई नजन्माउने सल्लाह र फैसला स्वरूप गर्भ पतन गराउछन। दिन,महिना हुँदै वर्षौं बित्छ तर यो दम्पतिको कोखमा फेरि कुनै सन्तान बस्दैन।श्रीमान-श्रीमती दुबै जना गहिरो चिन्तामा पर्छन।शहरमा नाम चलेको हस्पिटल चहार्छन। डाक्टरको परामर्श लिन्छन। अनेक मठ-मन्दीर र भाकल गर्छन तर पनि कोखमा सन्तानको उदय हुन सक्दैन।दुबै जना चिन्ताले गल्दै जान्छन।एक दिन एक आफन्तको सल्लाह बमोजिम दुर शहरमा रहेको एउटा नामि र महँगो हस्पिटलमा पुग्छन।श्रीमान-श्रीमतीको विभिन्न स्वास्थ्य चेक जाँछ पछि डाक्टरले भन्छ- -"तपाँहरुको बच्...
मर्मस्पर्शी र उत्प्रेरणात्मक साहित्यको संगालो