Skip to main content

"बेसहारा पाइलाहरु (कथा)


बिछ्यौनामा कोल्टो फर्कन्दै बोल्छिन् बोजू-" बुढो किन नसुतेको निन्द् परेन हो?" 

-"हैन भोलि  नयाँ बर्ष हो निएक नबजि निदाउन हुन्न रे नि  नत्र  साल् निदाएको हुन्छ रे त्यसैले"मन्द आवाजमा जवाफ दिए बाजेले।

-"नयाँ बर्षको करणले  अवस्य हैन होला?"

रहस्य जान्ने कोशिस गर्दै बोलिन् बोजू। बोजूको कुरो सुनेर पनि बाजे स्तब्ध रहि रहे। 

बाजेको त्यो स्तब्धता देखेर फेरि बोलिन् बोजू

-"मनमा धेरै पीर लागेर निद् परेन हो बुडो?" 

बाजेले "उँभन्ने छोटो जवाफ दिए। 

एक क्षण दुबैमा शून्यता छायो। केहि क्षण पश्चात बाजे अलि भारि आवाजमा बोले

-"बुडि धेरै पहिले देखि तिमीलाई केहि भन्न खोज्दैछु तर सकि रहेको छैन।अब  भन्न अबेर हुनै पनि लागिसक्यो

-"के कुरो  भन्नोस्चासो दिँदै बोलिन् बोजू।

-"बुडि मैले भोलि बिहान घर छोड्ने निर्णय गरेको छु"

-" के कुरो गर्नु भएको यस्तो?"

-"हो बुडि धेरै सोचेर,सम्झेर,बिचार गरेर लिएको फैसला हो यो मेरो

-" हैन बुडो जे जस्तो भए पनि सहेर बसौं यहि घरमा।आखिर हाम्रै सन्तान हुन यी छोरा-बुहारी पनि। आफ्नाले दिएको पीडालाई पनि आफ्नै मानौंला"

-" हो नि बुडी त्यो   पनि स्वीकार्छु। तर पनि सदैब भावनामा बगेर मात्र संभव हुन्नरहेछ। यीनिहरुको यो हरदिनको मानसिक यातना, यो अपमानयो आँत्मग्लानि,यो उपेक्षा सहेर कहिले सम्म पो बस्नेसहनुको पनि सीमा हुन्छ।अब    क्षतबिक्षत भै सकेको छु बुडी।४०/४० किलोको हामी ४००० किलो भन्दा भार मान्छन्।"

-"हो बुडो त्यो   पनि मान्छु।तर पनि यो बुढेसकालमा हामीले यो कदम उठाउनु उचित हुन्न। समाजमा छोराबुहारीको इज्जत-प्रतिष्ठाको पनि  हेक्का राख्नु पर्यो नि!"

-" हो यहि सम्झेर,बुझेर  आज सम्म बिष पिएर अमृत ओकल्दै बाँचिरहेकाछौं। यो ज्यान पाको भएको मात्र पो हो  आखिर हामि पनिमान्छे हौँ निहाम्रो पनि  मुटु ,मन् चोट लाग्छ,दुख्छ पीडा हुन्छ। हामी नहुँदै यीनिहरु खुशि हुन्छन् जस्तो छ। हिजो पनि यहि सन्तानको खुशिको लागि मरिमेटियो आज पनि यहि सन्तानको खुशिको लागि हर दुख झेल्न तयार छु बुडी।त्यसैले अब यो निर्णयलाई बदल्न सक्दिन।

     बाजेको कुरो सुनेर बोजू केहि बोल्न सकिनन्। पुरै सन्नाटा छाउन पुग्यो त्यो अन्धकार कोठामा। केहि क्षण पश्चात पुनप्रश्न गर्नपुग्छिन बोजू-"अनि....पुन्टे नातिको पनि मायाँ लाग्दैनकि?" 

-"पुन्टेको माया मात्र कहाँ हो तिम्रो माया,छोराको माया,बुहारिको माया,यो घरको माया,हाम्रो खेतबारिको माया,यो गाउ-घरकोमाया,छरछिमेकको माया कति  कति बुडि यो मुटु भरि-भरि। तर मायाँले सँधै नटिक्दो रहेछ उपेक्षाको आँधि हुरिमा।

-"त्यसो भए  पनि तपाँइ संगै जान्छु।

-" हैन बुडि हुन्न..... तिमी नजाउ। कम्सेकम्  हिँडे पछि  नहुँदाको पीडा अवस्य महशुस हुनेछ यीनिहरुलाई। त्यस् पछि भने तिमीलाई हेला गर्न छाड्छन् यीनिहरुले।

-"अनि मेरो चिन्ता लाग्दैन तपाइलाई?" 

-"चिन्ता लाग्छ   नजाउ।"

-"तपाँइ नभए पछि यीनिहरुले मलाई झन् हेला गर्न थाले भने...फेरि हाम्रो भेट् कहिल्यै भएन भने...." 

बोजूको कुरोले बाजेलाई स्तब्ध बनायो।त्यो देखेर फेरि बोलिन् बोजू

-"होस् बुडो  पनि तपाँइ संगै जान्छु। जहाँ -जहाँ जानु हुन्छ त्यहित्यहि संगै जान्छु।

-"  ठिकैछ त्यसो भए दुबै जना जाउँला

-"तर....जानु  जानु कहाँ जानु कहाँ बस्नु के खानु बुडो?" 

-"त्यस्को लागि चिन्ता नगर बुडि। हामी भोको हुँदैनौ।हाम्रो दु:,मर्म बिवशता  बिडम्बनालाई भगवानले अवस्य देख्नेछन्।"

-"कसरि

-"आफूले आफूलाई मार्न पो सकिन्न  मर्नु  छँदैछ एक दिन्।जीउनको लागि डर छैन।मलाई बाँसुरि बजाउन आउछ। सारङ्गि बजाउनआउछ। कतै टाढा जाउँला। कुनै मन्दीरमा जाउँला। कुनै शहरमा जाउँला। कुनै भिड्भाडमा जाउँला।बाँसुरि,सारङ्गिको धून सुनाउला त्यो भिड-भाडलाई। मन् हुनेले,दया-माया हुनेले / पैसा देलान्। त्यसैले एउटा रोटि किनउला आधा-आधा बाँडेर खाउँला।घाम्-पानीमा कँहि-कतै ओत लागौँला।दुख भए पनि कमसेकम् त्यो दुनियामा शन्ति  मिल्छ,हैन ?" 

बोजूले न्याउरो स्वोरमा"उँमात्र भनिन्। 

यसरि पीडा-ब्यथाको कुरो गर्दा गर्दै दुबैजना बिस्तारै निदाउन पुग्छन।


                               मेरो बुवा र आमा


उज्यालो हुन्छ।नव वर्षको पहिलो विहान्।छोरा बुहारी  नाती घुम्-घाम् गर्न टाढाको शहर तिर सबेरै निक्लन्छन्। बाजेले आफ्नोकपडा,बोजूको कपडा,केहि खाने कुरा साथै पुरानो सारङ्गि  बाँसुरि सहितको एउटा कुम्लो तयार गर्छ। त्यहि बेला बोजू आइपुग्छिन्

-"बुडो जानु भन्दा अगाडि यो खाजा खाएर जाउँ। यो घरमा फेरि खान आइन्छ-आइन्न। सायद् यो नै हाम्रो अन्तिम् गाँस होला यो घरमा।

बाजे बोजूको नजिकै गएर बस्दै गोजि बाट ५००को मैलिएको नोट निकाल्दै बोल्छ

-" यो राख आपतमा हामिलाई काम लाग्छ।

चुप्-चाप् बोजूले पैसा थापेर थैलिमा राख्छिन्।दुबै जना मन् नलागि नलागि भुटेको चिउराको गाँस चपाउन थाल्छन्। / गाँस खाए जसोगरे पछि बाजे जुरुक्क उठ्दै बोल्छ

-"बिहानै भएर होला बुडि मलाइ  रुचेन।"

-"मलाई पनि रुचेन बुडो

-"लु बाटो लागौं  त्यसो भए।

यति भन्दै बाजे कुम्लो उच्चालेर बाहिरिन्छ। बोजू पनि भारि पाइला बनाउदै बाजेको पछि-पछि लाग्छिन्। दुबै जना घर भन्दा अलि परपुग्छन्। बोजू हिँड्दा-हिँड्दै टक्क अडिएर घर तर्फ फर्कन्दै गहभरि आँसु बोकेर बोल्छिन्-

"बुडो हाम्रो घर्...." 

बोजूको रोदन् मिश्रित् आवाज सुनेर बाजे पनि घर् तर्फ फर्कन्दै बोल्छ-

"यो घर्,यो गाउ,यो ठाउ कोहि केहि अब हाम्रो रहेन बुडि। अब हाम्रो पहिचान् अलग् हुनेछ। हाम्रो दुनिया अलग् हुनेछ। हाम्रो बाटो अलग्हुनेछ। हामी सन्तानकै खुशिको लागि टाढा हुँदैछौं।यो पल्,यो परिस्थिती,यो कदमलाईयो धड्कन्,यो प्राण भन्दा प्यारो लाग्ने सन्तानकोखुशिको लागि गरेको ठूलो तिलाञ्जली मान्नु पर्छ बुडि हामीले।आफू मेटिएर अरुलाई खुशी दिनु चान्चुने कुरो हैन।यसरि आँशु झारेरहुन्न।यति भन्दानभन्दै बाजेको आँखा पनि रसाउन पुग्छ। एक् हातले आँखाको आँशु पुछ्दै अर्को हातले बोजूको हात समाएर पुनबोल्छ बाजे

-" जाउँ....जाउँ....टाढा पुग्नु  फेरि बिच् बाटोमा रात् पर्न सक्छ

दुबै जना अगि बढ्छन् बुढेसकालको बेसहारा पाइला लिएर कुनै अनिश्चित् गन्तब्यको खोजिमा।अलि परको डाँडाले छेकेर होला बिस्तारै-बिस्तारै दुबैजना देखिन छाड्छन्।

(समाप्त)

 27/12/2015(रचना गरेको मिती)

.कथा पढिदिनुभएकोमा धेरै धेरै धन्यवाद! कृपया कमेन्ट गरिदिनु होला।

.यो कथा काल्पनिक कथा हो कोहि कसैको जीवनमा साथै चलचित्र तथा पुस्तक संग मेल खाए केबल संयोग ठानिदिनु होला।


-कुङ्बा कान्छा🙏

Comments

  1. कथाले मन छोयो सारै राम्रो छ। घेरै धन्यबाद ।फेरि पनि पढ्ने पाईयोस ।

    ReplyDelete
    Replies
    1. सुन्दर प्रतिक्रीयाको लागि हजूरलाई धन्यवाद! लुङा Indira Chongbang🙏

      Delete
  2. This story is very emotional and well written. The pain of being treated as such by own child is immense. Had there been a follow up to story where the children realize their mistake, it would have been heart warming and give message to young generation.

    ReplyDelete
    Replies
    1. Thank you so much for your kind response! आन्ने Amrita Thebe🙏

      Delete
  3. Very emotional story and it has represented to the current family feelings.. Really heart touched story, salute you writer Kungba Kaanchha keep it up .

    ReplyDelete
    Replies
    1. Thank you so much for your kind response! आन्से Kiran Limbu take care🙏

      Delete
  4. य कथाले मन छोयो तर यस्तो कुनै आमा बुवालाई नहोस भनी भगवानसङ्ग प्राथना गर्दछु।

    ReplyDelete
    Replies
    1. सुन्दर प्रतिक्रीयाको लागि धन्यवाद हजूरलाई🙏

      Delete
  5. धेरै राम्रो लाग्यो कथा कुङ्बा कान्छा आसेवारो 🙏🙏

    ReplyDelete
    Replies
    1. लाखौं लाख धन्यवाद हजूरलाई कथा मन पराइदिनु भएकोमा🙏

      Delete

Post a Comment

Popular posts from this blog

अदुवा बारिमा रमाउँदै

गजल चोट   नलाउने     कुनै ,  तरवार   हुँदैन   असफलता   नै   अन्तिम , हार   हुँदैन।   लडिन्छ , अनि   मात्र   सिकिन्छ   उठ्न बिना   संघर्ष , सपना , साकार   हुँदैन।   जीवन   छ , र   पो   सुख   र   दु : ख   पनि   छ डुङ्गा     नखियाइ ,  नदी   पार     हुँदैन।   रात   पछिको   दिन , अवस्य   आउने   छ सदैब ,  अन्धकारमय ,  संसार    हुँदैन। - कुङ्बा   कान्छा  

सपना र संघर्ष(कविता)

सपनाहरु   कति   भारि   भए   पनि   कति   मुस्किल   भए   पनि   मान्छेलाई  खै   किन   हो   यति   प्रिय   लागेको   यो   सपना   भन्ने  चिज जस्लाई   पाउन    भनौं   साकार   पार्न   एकोहोरिएर , लट्ठिएर   हजार  दु:ख  भोग्दै   हजार   पीडा   झेल्दै   पछि   पछि   लागिरहनु   पर्ने   जिन्दगीका   पाइलाहरुले सायद!  सपना   र   संघर्षको   नाता   नै   यस्तै   कोरिएको   हुन्छ   क्यारे   जिन्दगीको  क्यानभाषमा। हुन   त    देवकोटाले   भने   जस्तै   साग   र   सिस्नु   खाएर   मात्र   पनि   दुखिया   आदर्शको   महान  जीवन  बाँच्न   नसकिने   रहेछ   चल्न   नसकिने   रहेछ   यो   दुनियाँमा   र   त   उड्नु   पर्छ    सपना   बोकेर   जिन्दहीहरु    काठ्माण्डौंको   माथि - माथि   निलो   आकाशको   बाटो   गरेर   समुन्द्र   पारिको   गन्तब्यमा   मनलाई   गाँठो  पार्दै... सपनालाई रङ् - बिरङ्का   रङ्हरुले   भरौं   भन्दा - भन्दै   बाकसमा   बन्द   भएर   फर्कनु   पर्छ   जिन्दगीहरुले आफ्नो   बुढा - बुढि   बुवा - आमा   सासू - ससुरालाई   एक्लै   छाडेर   पर   परदेशमा