Skip to main content

माया (लघु कथा)


                                   

     शहरकै एउटा धनाढ्य ब्यापारीले एउटी सुन्दरी केटी संग विवाह गर्‍यो उनिहरु बाट एउटा छोराको पनि जन्म भयो तर बिस्तारै त्यो ब्यापारीलाई आफ्नी श्रीमती मन पर्न छाड्यो।उस्को मन डुल्न थाल्यो।आखिरकार अर्कै नव यौवना युवती माथी त्यो धनाढ्य ब्यापारीको मन बस्न पुग्यो।बिस्तारै उनीहरु आफ्नो गोप्य प्रेमलाई विवाहको स्वरुप दिने निर्णयमा पुगे।जस अनुरुप त्यो धनाढ्य ब्यापारीले एउटा विशाल बङ्गला,दुइ करोड्को कार र एक करोड ब्यङक ब्यालेन्स दिने र नाबालक छोरा पनि आफ्नी आमाकै साथमा रहने सहमतीमा जेठी श्रीमती संग पारपाचुके गर्‍यो र बाँकि बचेको सारा सम्पती तीनै नवयौवना प्रेमीकाको नाममा नामसारी गरेर टाढाको अर्कै शहरमा त्यो ब्यापारी आफ्नी प्राण प्यारी प्रेमिकाको साथमा विलासिता र प्रेममय जीवन ब्यतित गर्न थाल्यो।
     दिन,महिना र वर्ष हुँदै समय बित्दै जाँदा दुर्भाग्यबश त्यो धनाढ्य  ब्यापारीलाई भयानक रोग आइलाग्यो।देशको धेरै अस्पतालमा उपचा
र गर्दा पनि रोग ठिक नहुने देखिए पछि ब्यापारीले आफ्नी कान्छी श्रीमती संग विदेशमा गएर उपचार गर्ने सल्लाह गर्‍यो ।श्रीमानको यस्तो मनसाय सुन्ना साथ आफ्नो नाममा भएको सारा सम्पती बिक्री गरेर बिरामी श्रीमानलाई सडकमा बेवारिसे अवस्थामा फालेर कान्छी श्रीमती बेपत्ता भइन ।यो कुरोले समाचार र सामाजिक सञ्जालमा सनसनी मच्चायो।यो सनसनी खबर सुनेर आफूलाई पारपाचुके दिने पतीको सेवामा समर्पित बनेर आइपुगिन धनाढ्य ब्यापारीकी जेठी श्रीमती। पूर्व पतीको यो हालत देखेर पारपाचुके बापत तीनै पती बाट प्राप्त सारा सम्पती बिक्री गरेर उनले आफ्नो पूर्वपतिलाई विदेश उपचारमा लगिन्।तर दुर्भाग्यको कुरो उनले आफ्नो पूर्वपतिको प्राण बचाउन भने सकिनन्।उनले आफ्नो पूर्वपतिको पार्थिव शरिरलाई विदेशी माटोमा नै दाहसंस्कार गरिन्।दयनियकुरो शहरकै चर्चित ब्यापारीको मलामी बिचरी तीनै एक महिला थिइन जस्लाई त्यहि निर्जिव शरिरले कुनै समयमा लत्याएको थियो।
      विदेशी माटोमा आफ्नो पूर्वपतीलाई बिलय गराए पश्चात मन भरी नमीठो अतितहरु पोको पार्दै आज उनको स्वदेश फर्कने दिन् थियो।उनी ठूलो जेट हवाइजहाजको पछाडिको सिटमा झोक्राइरहेकी थिइन्।अचानक उनलाई अस्पतालको बेडमा छट्पटाइरहेको पारपाचुके श्रीमानले दिएको एउटा कागजको टुक्राको याद आयो। हत्तपत्त आफ्नो ह्याण्ड ब्याग बाट त्यो टुक्रा कागज निकालेर हेरिन जहाँ लेखिएको थियो-"धनले बनेको मानिसले चोट दिन्छ र मलम पट्टि पनि गर्छ तर मनले बनेको मानिसले कहिले कसैलाई चोट नै नलगाउँदो रहेछ।जीवनको हरेक पलको हाँसोमा साथ दिने सयौं थिए तर जीवनको यो अन्तिम पलको आँसुमा साथदिने मात्रै तिमी भै दियौ।तिम्रो आँसुमा निश्चल प्रेम छल्किएको पाए जस्लाई धेरै ढिलो चिन्न सकें,मलाई माफ गरिदिनु ल! "यो सानो कागजको टुक्राले उनलाई फेरि आँसुको सागरमा डुबायो।उनी घोप्टो परेर सुँकसुँकाइरहेकी थिइन तब उनी झसंग भइन जब उनकै समीपमा खडा भएर सुमधुर स्वरमा विमान परिचारीका विनय गरिरहेकी  थिइन -" एस्क्यूज मी म्याडम! "
                                     (समाप्त)
  1. यो कथा काल्पनिक कथा हो कसैको जीवनमा मेल खाए संयोग मात्र हुनेछ।
  2. कथा पढिदिनु भएकोमा धन्यवाद! कृपया कमेन्ट गरिदिनु होला।
कुङ्बा कान्छा



Comments

Post a Comment

Popular posts from this blog

"बेसहारा पाइलाहरु (कथा)

बिछ्यौनामा   कोल्टो   फर्कन्दै   बोल्छिन्   बोजू -" ए   बुढो   किन   नसुतेको   निन्द्   परेन   हो ?"  -" हैन   भोलि   त   नयाँ   बर्ष   हो   नि !  एक   नबजि   निदाउन   हुन्न   रे   नि   त   नत्र   २   साल्   निदाएको   हुन्छ   रे   त्यसैले " मन्द   आवाजमा   जवाफ   दिए  बाजेले। -" नयाँ   बर्षको   करणले   त   अवस्य   हैन   होला ?" रहस्य   जान्ने   कोशिस   गर्दै   बोलिन्   बोजू।   बोजूको   कुरो   सुनेर   पनि   बाजे   स्तब्ध   रहि   रहे।   बाजेको   त्यो   स्तब्धता   देखेर   फेरि   बोलिन्   बोजू -" मनमा   धेरै   पीर   लागेर   निद्   परेन   हो   बुडो ?"  बाजेले  " उँ "  भन्ने   छोटो   जवाफ   दिए।   एक   क्षण   दुबैमा   शून्यता   छायो।   केहि   क्षण   पश्चात   बाजे   अलि   भारि   आवाजमा   बोले -" बुडि   धेरै   पहिले   देखि   तिमीलाई   केहि   भन्न   खोज्दैछु   तर   सकि   रहेको   छैन।अब   त   भन्न   अबेर   हुनै   पनि   लागिसक्यो "  -" के   कुरो   ल   भन्नोस् "  चासो   दिँदै   बोलिन्   बोजू। -" बुडि   मैले   भोलि   बिहान  

अदुवा बारिमा रमाउँदै

गजल चोट   नलाउने     कुनै ,  तरवार   हुँदैन   असफलता   नै   अन्तिम , हार   हुँदैन।   लडिन्छ , अनि   मात्र   सिकिन्छ   उठ्न बिना   संघर्ष , सपना , साकार   हुँदैन।   जीवन   छ , र   पो   सुख   र   दु : ख   पनि   छ डुङ्गा     नखियाइ ,  नदी   पार     हुँदैन।   रात   पछिको   दिन , अवस्य   आउने   छ सदैब ,  अन्धकारमय ,  संसार    हुँदैन। - कुङ्बा   कान्छा  

सपना र संघर्ष(कविता)

सपनाहरु   कति   भारि   भए   पनि   कति   मुस्किल   भए   पनि   मान्छेलाई  खै   किन   हो   यति   प्रिय   लागेको   यो   सपना   भन्ने  चिज जस्लाई   पाउन    भनौं   साकार   पार्न   एकोहोरिएर , लट्ठिएर   हजार  दु:ख  भोग्दै   हजार   पीडा   झेल्दै   पछि   पछि   लागिरहनु   पर्ने   जिन्दगीका   पाइलाहरुले सायद!  सपना   र   संघर्षको   नाता   नै   यस्तै   कोरिएको   हुन्छ   क्यारे   जिन्दगीको  क्यानभाषमा। हुन   त    देवकोटाले   भने   जस्तै   साग   र   सिस्नु   खाएर   मात्र   पनि   दुखिया   आदर्शको   महान  जीवन  बाँच्न   नसकिने   रहेछ   चल्न   नसकिने   रहेछ   यो   दुनियाँमा   र   त   उड्नु   पर्छ    सपना   बोकेर   जिन्दहीहरु    काठ्माण्डौंको   माथि - माथि   निलो   आकाशको   बाटो   गरेर   समुन्द्र   पारिको   गन्तब्यमा   मनलाई   गाँठो  पार्दै... सपनालाई रङ् - बिरङ्का   रङ्हरुले   भरौं   भन्दा - भन्दै   बाकसमा   बन्द   भएर   फर्कनु   पर्छ   जिन्दगीहरुले आफ्नो   बुढा - बुढि   बुवा - आमा   सासू - ससुरालाई   एक्लै   छाडेर   पर   परदेशमा