गजल चोट नलाउने कुनै , तरवार हुँदैन असफलता नै अन्तिम , हार हुँदैन। लडिन्छ , अनि मात्र सिकिन्छ उठ्न बिना संघर्ष , सपना , साकार हुँदैन। जीवन छ , र पो सुख र दु : ख पनि छ डुङ्गा नखियाइ , नदी पार हुँदैन। रात पछिको दिन , अवस्य आउने छ सदैब , अन्धकारमय , संसार हुँदैन। - कुङ्बा कान्छा