Skip to main content

"छोराको चाहना" (लघु कथा)



-"डाक्टरले के छ भन्यो?"

-"छोरी छ रे"

-"छोरी....."

-"अँ"

-"तिमीलाई के मन पर्छ?"

-"मलाई त छोरा मन पर्छ"


-"मलाई पनि छोरा नै मन पर्छ।पहिलो सन्तान छोरा नै होस जस्तो लाग्छ"

-"त्यसो भए के गरौं त?"

-"जन्माउने तिमी तिम्रै बिचार"

-"त्यसो भए यो बच्चालाई नजन्माउ न त हुन्न?"

-"हुन्छ,बरु एउटा सन्तान जन्माउ तर छोरा नै जन्माउन त"

-"ल हुन्छ" श्रीमान-श्रीमती दुबै जना हस्पिटल जान्छन र गर्भमा रहेको छोरीलाई नजन्माउने सल्लाह र फैसला स्वरूप गर्भ पतन गराउछन।



दिन,महिना हुँदै वर्षौं बित्छ तर यो दम्पतिको कोखमा फेरि कुनै सन्तान बस्दैन।श्रीमान-श्रीमती दुबै जना गहिरो चिन्तामा पर्छन।शहरमा नाम चलेको हस्पिटल चहार्छन। डाक्टरको परामर्श लिन्छन। अनेक मठ-मन्दीर र भाकल गर्छन तर पनि कोखमा सन्तानको उदय हुन सक्दैन।दुबै जना चिन्ताले गल्दै जान्छन।एक दिन एक आफन्तको सल्लाह बमोजिम दुर शहरमा रहेको एउटा नामि र महँगो हस्पिटलमा पुग्छन।श्रीमान-श्रीमतीको विभिन्न स्वास्थ्य चेक जाँछ पछि डाक्टरले भन्छ-

-"तपाँहरुको बच्चा छ कि छैन?"

-"अँह छैन"

-"यो भन्दा अगाडी गर्भ बसेको थियो"

-"हो थियो"

-" अनि किन जन्माउनु भएन?"

डाक्टरको प्रश्न संगै श्रीमान-श्रीमती दुबै जना स्तब्ध बन्न पुग्छन। डाक्टरले फेरि प्रश्न गर्न पुग्छ

-"किन दुबै जना बोल्नु भएननी?" डाक्टरले फेरि सोधे पछि अलि भारी स्वरमा श्रीमानले जवाफ दिन्छ-

-"डाक्टर साब,छोरी थियो त्यसैले"

-"हो डाक्टर साब हामिले छोरा चाहेका थियौं,त्यो सन्तान छोरी थियो त्यसैले जन्माएनौं"

-"त्यसो भए तपाईंहरुले त्यो सन्तान नजन्माएर ठूलो भुल गर्नु भयो"

-"किन र डाक्टर साब?"

-"किनकी,रिपोर्टले देखाए अनुरुप यहाँहरु दुबै बाट अब कुनै पनि सन्तानको जन्म हुन सक्दैन"


डाक्टरको जवाफले निराशिन्दै दुबै जना बाहिरिन्छन। बाहिरिन्दा- बाहिरिन्दै गेटै नीर एउटी सानी नानी पुतली जस्तै सुन्दर देखिने जामामा सजिएर "मम्मी-मम्मी भोलि त आमाको मुख हेर्ने दिन रे है" भन्दै दौडेर अलि पर उभिएकी आफ्नो आमाको नजिक जान्छिन। त्यो सानी बालिकाको आवाजले निराश श्रीमतीको मनमा चसक्क घोँच्न पुगेछ क्यारे आँखाभरी आँसु पार्दै श्रीमान तर्फ नजर फर्काएर बोल्छिन-

-"यदि हामिले पनि जन्माएको भए हाम्रो छोरी पनि अब सम्ममा त एत्रै हुने थियो होला है!"

 (समाप्त)

©कथा पढिदिनु भएकोमा धन्यवाद! कृपया कमेन्ट गरिदिनु होला।

©यो कथा काल्पनिक कथा हो, कसैको जीवनमा मेल खाए केवल संयोग ठानिदिनु होला।

- कुङ्बा कान्छा🙏



Comments

Popular posts from this blog

माया (लघु कथा)

                                         शहरकै एउटा धनाढ्य ब्यापारीले एउटी सुन्दरी केटी संग विवाह गर्‍यो उनिहरु बाट एउटा छोराको पनि जन्म भयो तर बिस्तारै त्यो ब्यापारीलाई आफ्नी श्रीमती मन पर्न छाड्यो।उस्को मन डुल्न थाल्यो।आखिरकार अर्कै नव यौवना युवती माथी त्यो धनाढ्य ब्यापारीको मन बस्न पुग्यो।बिस्तारै उनीहरु आफ्नो गोप्य प्रेमलाई विवाहको स्वरुप दिने निर्णयमा पुगे।जस अनुरुप त्यो धनाढ्य ब्यापारीले एउटा विशाल बङ्गला,दुइ करोड्को कार र एक करोड ब्यङक ब्यालेन्स दिने र नाबालक छोरा पनि आफ्नी आमाकै साथमा रहने सहमतीमा जेठी श्रीमती संग पारपाचुके गर्‍यो र बाँकि बचेको सारा सम्पती तीनै नवयौवना प्रेमीकाको नाममा नामसारी गरेर टाढाको अर्कै शहरमा त्यो ब्यापारी आफ्नी प्राण प्यारी प्रेमिकाको साथमा विलासिता र प्रेममय जीवन ब्यतित गर्न थाल्यो।       दिन,महिना र वर्ष हुँदै समय बित्दै जाँदा दुर्भाग्यबश त्यो धनाढ्य  ब्यापारीलाई भयानक रोग आइलाग्यो।देशको धेरै अस्पतालमा उपचा र गर्दा पनि रोग ठिक न...

"बेसहारा पाइलाहरु (कथा)

बिछ्यौनामा   कोल्टो   फर्कन्दै   बोल्छिन्   बोजू -" ए   बुढो   किन   नसुतेको   निन्द्   परेन   हो ?"  -" हैन   भोलि   त   नयाँ   बर्ष   हो   नि !  एक   नबजि   निदाउन   हुन्न   रे   नि   त   नत्र   २   साल्   निदाएको   हुन्छ   रे   त्यसैले " मन्द   आवाजमा   जवाफ   दिए  बाजेले। -" नयाँ   बर्षको   करणले   त   अवस्य   हैन   होला ?" रहस्य   जान्ने   कोशिस   गर्दै   बोलिन्   बोजू।   बोजूको   कुरो   सुनेर   पनि   बाजे   स्तब्ध   रहि   रहे।   बाजेको   त्यो   स्तब्धता   देखेर   फेरि   बोलिन्   बोजू -" मनमा   धेरै   पीर   लागेर   निद्   परेन   हो   बुडो ?"  बाजेले  " उँ "  भन्ने   छोटो   जवाफ   दिए।   एक   क्षण   दुबैम...

अदुवा बारिमा रमाउँदै

गजल चोट   नलाउने     कुनै ,  तरवार   हुँदैन   असफलता   नै   अन्तिम , हार   हुँदैन।   लडिन्छ , अनि   मात्र   सिकिन्छ   उठ्न बिना   संघर्ष , सपना , साकार   हुँदैन।   जीवन   छ , र   पो   सुख   र   दु : ख   पनि   छ डुङ्गा     नखियाइ ,  नदी   पार     हुँदैन।   रात   पछिको   दिन , अवस्य   आउने   छ सदैब ,  अन्धकारमय ,  संसार    हुँदैन। - कुङ्बा   कान्छा