Skip to main content

सपना र संघर्ष(कविता)

सपनाहरु 
कति भारि भए पनि 
कति मुस्किल भए पनि 
मान्छेलाई 
खै किन हो 
यति प्रिय लागेको 
यो सपना भन्ने चिज
जस्लाई पाउन  
भनौं साकार पार्न 
एकोहोरिएर,लट्ठिएर 
हजार दु:ख भोग्दै 
हजार पीडा झेल्दै 
पछि पछि लागिरहनु पर्ने 
जिन्दगीका पाइलाहरुले
सायद! 
सपना  संघर्षको नाता नै 
यस्तै कोरिएको हुन्छ क्यारे 
जिन्दगीको क्यानभाषमा।


हुन   
देवकोटाले भने जस्तै 
साग  सिस्नु खाएर मात्र पनि 
दुखिया आदर्शको 
महान जीवन बाँच्न नसकिने रहेछ 
चल्न नसकिने रहेछ यो दुनियाँमा 
  उड्नु पर्छ  
सपना बोकेर जिन्दहीहरु  
काठ्माण्डौंको माथि-माथि 
निलो आकाशको बाटो गरेर 
समुन्द्र पारिको गन्तब्यमा 
मनलाई गाँठो पार्दै...


सपनालाई
रङ्-बिरङ्का रङ्हरुले 
भरौं भन्दा-भन्दै 
बाकसमा बन्द भएर 
फर्कनु पर्छ जिन्दगीहरुले
आफ्नो बुढा-बुढि बुवा-आमा 
सासू-ससुरालाई 
एक्लै छाडेर 
पर परदेशमा 
कस्को हो कस्को बुवा-आमाको 
सेवा गर्नु पर्छ जिन्दगीहरुले 
यहि सपनाको लागि...


कास
स्वदेशमा पनि 
सपनाहरु 
फुल्ने-फल्ने ठाउँ भएको भए 
सपनाकै निम्ती जिम्दगीहरुले 
प्राण छाड्नु पर्ने थिएन होला 
परदेशि माटोमा 
रुनु पर्ने थिएन होला 
परदेशि माटोमा 
मन टुक्र्याउनु पर्ने थिएन होला 
परदेशि माटोमा 
सपना  संघर्षको 
कति मीठो मिलन हुने थियो होला 
आफ्नै माटोमा 
आफ्नै बाटोमा 
अनि मुस्कुराउँथे होलान
जिन्दगीहरु 
खुशि छर्दै-छर्दै 
अधर भरि-भरि.......

-कुङबा कान्छा 
# कविता लेखन कस्तो लाग्यो हजूरलाई? कृपया कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला है! 
www.mukumlung.com

Comments

Post a Comment

Popular posts from this blog

"बेसहारा पाइलाहरु (कथा)

बिछ्यौनामा   कोल्टो   फर्कन्दै   बोल्छिन्   बोजू -" ए   बुढो   किन   नसुतेको   निन्द्   परेन   हो ?"  -" हैन   भोलि   त   नयाँ   बर्ष   हो   नि !  एक   नबजि   निदाउन   हुन्न   रे   नि   त   नत्र   २   साल्   निदाएको   हुन्छ   रे   त्यसैले " मन्द   आवाजमा   जवाफ   दिए  बाजेले। -" नयाँ   बर्षको   करणले   त   अवस्य   हैन   होला ?" रहस्य   जान्ने   कोशिस   गर्दै   बोलिन्   बोजू।   बोजूको   कुरो   सुनेर   पनि   बाजे   स्तब्ध   रहि   रहे।   बाजेको   त्यो   स्तब्धता   देखेर   फेरि   बोलिन्   बोजू -" मनमा   धेरै   पीर   लागेर   निद्   परेन   हो   बुडो ?"  बाजेले  " उँ "  भन्ने   छोटो   जवाफ   दिए।   एक   क्षण   दुबैम...

खुशी (लघु कथा)

-" ए   खुशी " -" हजूर   बाबा ,  किन ?" -" ल   आज   बाट   मैले   मेरो   वचन   पूरा   गरे   है   छोरी " -" कस्तो   वचन   बाबा ?" -" पहिले   यो   खोलेर   त   हेर "  यति   भन्दै   रमेशले   नयाँ   स्कुटरको   चाबी   र   छोरीलाई   मन   पर्ने   चकलेटको   प्याकेट   भएको   झोला   सुम्पियो।नयाँ   स्कुटर   पाएको   हर्षमा छोरी   खुशी   भने   दौडन्दै   तल   झरिन   स्कुटर   हेर्न।त्यो   देखेर   आश्चर्य   मान्दै   श्रीमानको   नजरमा   हेरेर   खुशीको  मम्मिले  सोधिन - " हैन   हजूरले   कहाँ   बाट   ल्याउनु   भयो   नी   यस्को   लागि   नया   स्कुटर   फेरि ? " -" किनेर " -" किनेर ?  अनि   पैसा !" -" पैसा .. पैसा   त   जुटाइ   हाले   नी !" -" कसरी ?" -" कसरी   नी ! ...