Skip to main content

खुशी (लघु कथा)


-" खुशी"

-"हजूर बाबाकिन?"

-" आज बाट मैले मेरो वचन पूरा गरे है छोरी"

-"कस्तो वचन बाबा?"

-"पहिले यो खोलेर  हेर

यति भन्दै रमेशले नयाँ स्कुटरको चाबी  छोरीलाई मन पर्ने चकलेटको प्याकेट भएको झोला सुम्पियो।नयाँ स्कुटर पाएको हर्षमा छोरी खुशी भने दौडन्दै तल झरिन स्कुटर हेर्न।त्यो देखेर आश्चर्य मान्दै श्रीमानको नजरमा हेरेर खुशीको मम्मिले सोधिन-

"हैन हजूरले कहाँ बाट ल्याउनु भयो नी यस्को लागि नया स्कुटर फेरि? "

-"किनेर"

-"किनेरअनि पैसा!"

-"पैसा..पैसा  जुटाइ हाले नी!"

-"कसरी?"

-"कसरी नी!मेरो मोटर बाइक बेचें अनि नपुगेको पैसा मेरो औँठी बेचेर जम्मा गरे"

-"हो ! "ला...अनि अब पसलमा जाँदा-आउँदा चाहिँ के कुदाउनु हुन्छ नी?"

-"हिँडेरै जाने-आउने गर्छु।छोरीको खुशीको लागि जिन्दगी भरी खालि खुट्टा हिँडनु परे पनि हिँड्न तयार छु"

-"को नी है के-के गर्नु हुन्छ गर्नोस।तपाईं  पागल नै भै सक्नु भयोकी जस्तो पो लाग्छ।आफू चढ्ने सवारी बेचेर छोरीलाई उपहार दिन के को जरुरत थियोनचाहिँदो स्वाङ"

रिसाएर फत-फताउदै खुशीको मम्मी किचन तिर लागिन। त्यतै तिर हेर्दै अलि बुलन्द स्वरमा रमेशले जवाफ फर्कायो-"खुशीको मम्मी यसरी नरिसाउ !परिक्षा पास गरेमा नयाँ स्कुटर किनिदिन्छु भनेको थिए।आखिर छोरीले राम्रो श्रेणीमा पास गरिन।उनलाई यसरीनै अगाडि बढ्न हौसला मिलोस भनेर पो किनिदिएको फेरि उनको यो लाउँ-लाउँ,खाउँ-खाउँको उमेर हो कति रहर होला।यो उमेरमा मलाई पनि कति रहर थियो तर खै मेरो रहर  रहर बनेरै बित्यो"

यति भन्दै रमेश पनि बाथरूम तिर छिर्‍यो।    एक साँझ पख रमेश पसल बाट लखतरान बनेर डेरा तर्फ फर्कन्दै थियो।उस्ले हातमा प्लास्टिकको एउटा झोला पनि झुण्ड्याएको थियो। आफ्नो पाइलाहरु जति सक्दो चाँडै चलाउने कोसिसका साथ लम्कन्दै थियो।त्यहि समयमा पर कतै बाट कता- कता परिचित लाग्ने,कता-कता आफ्नै छोरी खुशीको हो कि जस्तो लाग्ने आवाज उस्को कानमा गुञ्जियो।

-"ओइ पिङ्की"

-"के?"

-"ला यो साथीहरुलाई पास गर"

-"तँलाई डोज पुगेको?"

-"अँ पुगेको"

यो संवाद संगै चलिरहेको रमेशको पाइला टक्क अडियो।उस्ले आवाज आएको दिशा तर्फ नियाल्यो।उस्को नजर अग्लो पर्खालमा पुगेर ठोकियो।त्यो पर्खाल नजिक गएर एउटा सानो प्वाल बाट उस्ले चिहाएर हेर्‍यो।पर्खाल भित्र एकहुल युवा-युवतीलाई देख्यो,जो लागुऔषधको गहिरो नशामा डुबुल्की मारिरहेका थिए।बिडम्बनात्यही भिडमा उस्ले आफ्नो प्राण प्यारी छोरी खुशीको अनुहार पनि देख्यो।त्यो दृश्यले उस्को हात-गोडा सबै लथ्रक्क बनायो। हातमा झुण्ड्याएको प्लास्टिकको झोला माटोमा बजारियो।झोला भित्रको आलु,प्याज,टमटर सबै जमीन भरी छताछुल्ल भयो।पुर्पुरोमा बाँया हातले सुम्सुम्याउँदै मुख बाट खुइया शुष्केरा निकालेर रमेश भुँइमा थचक्क बस्यो तर उस्को कानमा भने छोरी खुशीको मीठो तोते बोली बार-बार गुञ्जिरहेको थियो चसक्क-चसक्क मुटु दुखाउँदै-

"बाबा  धेरै पढेर राम्रो काम गर्ने मान्छे बन्छु।ठूली भए पछि मलाई स्कुटर किनिदिनोस .....!"

(समाप्त)

  • यो कथा काल्पनिक कथा हो।कसैको जीवनमा मेल खाए संयोग मात्र हुनेछ।
  • कथा पढिदिनु भएकोमा धन्यवादकृपया कमेन्ट गरिदिनु होला।

-कुङ्बा कान्छा

https://www.mukumlung.com

Comments

  1. Heart touched story !! Really i have been speech less. Anyway supperb 🤜🤜

    ReplyDelete
    Replies
    1. भाइ किरण सुन्दर कमेन्टको लागि लाखौं- लाख धन्यवाद छ है!

      Delete
  2. Touch my heart 💓 Lunga.

    ReplyDelete
    Replies
    1. सुन्दर कमेन्टको लागि मित्र OM लाखौं- लाख धन्यवाद छ है!

      Delete

Post a Comment

Popular posts from this blog

"बेसहारा पाइलाहरु (कथा)

बिछ्यौनामा   कोल्टो   फर्कन्दै   बोल्छिन्   बोजू -" ए   बुढो   किन   नसुतेको   निन्द्   परेन   हो ?"  -" हैन   भोलि   त   नयाँ   बर्ष   हो   नि !  एक   नबजि   निदाउन   हुन्न   रे   नि   त   नत्र   २   साल्   निदाएको   हुन्छ   रे   त्यसैले " मन्द   आवाजमा   जवाफ   दिए  बाजेले। -" नयाँ   बर्षको   करणले   त   अवस्य   हैन   होला ?" रहस्य   जान्ने   कोशिस   गर्दै   बोलिन्   बोजू।   बोजूको   कुरो   सुनेर   पनि   बाजे   स्तब्ध   रहि   रहे।   बाजेको   त्यो   स्तब्धता   देखेर   फेरि   बोलिन्   बोजू -" मनमा   धेरै   पीर   लागेर   निद्   परेन   हो   बुडो ?"  बाजेले  " उँ "  भन्ने   छोटो   जवाफ   दिए।   एक   क्षण   दुबैम...

अदुवा बारिमा रमाउँदै

गजल चोट   नलाउने     कुनै ,  तरवार   हुँदैन   असफलता   नै   अन्तिम , हार   हुँदैन।   लडिन्छ , अनि   मात्र   सिकिन्छ   उठ्न बिना   संघर्ष , सपना , साकार   हुँदैन।   जीवन   छ , र   पो   सुख   र   दु : ख   पनि   छ डुङ्गा     नखियाइ ,  नदी   पार     हुँदैन।   रात   पछिको   दिन , अवस्य   आउने   छ सदैब ,  अन्धकारमय ,  संसार    हुँदैन। - कुङ्बा   कान्छा