Skip to main content

Posts

अदुवा बारिमा रमाउँदै

गजल चोट   नलाउने     कुनै ,  तरवार   हुँदैन   असफलता   नै   अन्तिम , हार   हुँदैन।   लडिन्छ , अनि   मात्र   सिकिन्छ   उठ्न बिना   संघर्ष , सपना , साकार   हुँदैन।   जीवन   छ , र   पो   सुख   र   दु : ख   पनि   छ डुङ्गा     नखियाइ ,  नदी   पार     हुँदैन।   रात   पछिको   दिन , अवस्य   आउने   छ सदैब ,  अन्धकारमय ,  संसार    हुँदैन। - कुङ्बा   कान्छा  
Recent posts

सपना र संघर्ष(कविता)

सपनाहरु   कति   भारि   भए   पनि   कति   मुस्किल   भए   पनि   मान्छेलाई  खै   किन   हो   यति   प्रिय   लागेको   यो   सपना   भन्ने  चिज जस्लाई   पाउन    भनौं   साकार   पार्न   एकोहोरिएर , लट्ठिएर   हजार  दु:ख  भोग्दै   हजार   पीडा   झेल्दै   पछि   पछि   लागिरहनु   पर्ने   जिन्दगीका   पाइलाहरुले सायद!  सपना   र   संघर्षको   नाता   नै   यस्तै   कोरिएको   हुन्छ   क्यारे   जिन्दगीको  क्यानभाषमा। हुन   त    देवकोटाले   भने   जस्तै   साग   र   सिस्नु   खाएर   मात्र   पनि   दुखिया   आदर्शको   महान  जीवन  बाँच्न   नसकिने   रहेछ   चल्न   नसकिने   रहेछ   यो   दुनियाँमा   र   त   उड्नु   पर्छ    सपना   बोकेर   जिन्दहीहरु    काठ्माण्डौंको   माथि - माथि   निलो   आकाशको   बाटो   गरेर   समुन्द्र   पारिको   गन्तब्यमा   मनलाई   गाँठो  पार्दै... सपनालाई रङ् - बिरङ्का   रङ्हरुले   भरौं   भन्दा - भन्दै   बाकसमा   बन्द   भएर   फर्कनु   पर्छ   जिन्दगीहरुले आफ्नो   बुढा - बुढि   बुवा - आमा   सासू - ससुरालाई   एक्लै   छाडेर   पर   परदेशमा

खुशी (लघु कथा)

-" ए   खुशी " -" हजूर   बाबा ,  किन ?" -" ल   आज   बाट   मैले   मेरो   वचन   पूरा   गरे   है   छोरी " -" कस्तो   वचन   बाबा ?" -" पहिले   यो   खोलेर   त   हेर "  यति   भन्दै   रमेशले   नयाँ   स्कुटरको   चाबी   र   छोरीलाई   मन   पर्ने   चकलेटको   प्याकेट   भएको   झोला   सुम्पियो।नयाँ   स्कुटर   पाएको   हर्षमा छोरी   खुशी   भने   दौडन्दै   तल   झरिन   स्कुटर   हेर्न।त्यो   देखेर   आश्चर्य   मान्दै   श्रीमानको   नजरमा   हेरेर   खुशीको  मम्मिले  सोधिन - " हैन   हजूरले   कहाँ   बाट   ल्याउनु   भयो   नी   यस्को   लागि   नया   स्कुटर   फेरि ? " -" किनेर " -" किनेर ?  अनि   पैसा !" -" पैसा .. पैसा   त   जुटाइ   हाले   नी !" -" कसरी ?" -" कसरी   नी ! मेरो   मोटर   बाइक   बेचें   अनि   नपुगेको   पैसा   मेरो   औँठी   बेचेर   जम्मा   गरे " -" हो   र ! " ला ... अनि   अब   पसलमा   जाँदा - आउँदा   चाहिँ   के   कुदाउनु   हुन्छ   नी ?" -" हिँडेरै   जाने - आउने   गर्छु।छोरीक

माया (लघु कथा)

                                         शहरकै एउटा धनाढ्य ब्यापारीले एउटी सुन्दरी केटी संग विवाह गर्‍यो उनिहरु बाट एउटा छोराको पनि जन्म भयो तर बिस्तारै त्यो ब्यापारीलाई आफ्नी श्रीमती मन पर्न छाड्यो।उस्को मन डुल्न थाल्यो।आखिरकार अर्कै नव यौवना युवती माथी त्यो धनाढ्य ब्यापारीको मन बस्न पुग्यो।बिस्तारै उनीहरु आफ्नो गोप्य प्रेमलाई विवाहको स्वरुप दिने निर्णयमा पुगे।जस अनुरुप त्यो धनाढ्य ब्यापारीले एउटा विशाल बङ्गला,दुइ करोड्को कार र एक करोड ब्यङक ब्यालेन्स दिने र नाबालक छोरा पनि आफ्नी आमाकै साथमा रहने सहमतीमा जेठी श्रीमती संग पारपाचुके गर्‍यो र बाँकि बचेको सारा सम्पती तीनै नवयौवना प्रेमीकाको नाममा नामसारी गरेर टाढाको अर्कै शहरमा त्यो ब्यापारी आफ्नी प्राण प्यारी प्रेमिकाको साथमा विलासिता र प्रेममय जीवन ब्यतित गर्न थाल्यो।       दिन,महिना र वर्ष हुँदै समय बित्दै जाँदा दुर्भाग्यबश त्यो धनाढ्य  ब्यापारीलाई भयानक रोग आइलाग्यो।देशको धेरै अस्पतालमा उपचा र गर्दा पनि रोग ठिक नहुने देखिए पछि ब्यापारीले आफ्नी कान्छी श्रीमती संग विदेशमा गएर उपचार गर्ने सल्लाह गर्‍यो ।श्रीमानको यस्तो मनसाय सुन्ना साथ आ

"छोराको चाहना" (लघु कथा)

-"डाक्टरले के छ भन्यो?" -"छोरी छ रे" -"छोरी....." -"अँ" -"तिमीलाई के मन पर्छ?" -"मलाई त छोरा मन पर्छ" -"मलाई पनि छोरा नै मन पर्छ।पहिलो सन्तान छोरा नै होस जस्तो लाग्छ" -"त्यसो भए के गरौं त?" -"जन्माउने तिमी तिम्रै बिचार" -"त्यसो भए यो बच्चालाई नजन्माउ न त हुन्न?" -"हुन्छ,बरु एउटा सन्तान जन्माउ तर छोरा नै जन्माउन त" -"ल हुन्छ" श्रीमान-श्रीमती दुबै जना हस्पिटल जान्छन र गर्भमा रहेको छोरीलाई नजन्माउने सल्लाह र फैसला स्वरूप गर्भ पतन गराउछन। दिन,महिना हुँदै वर्षौं बित्छ तर यो दम्पतिको कोखमा फेरि कुनै सन्तान बस्दैन।श्रीमान-श्रीमती दुबै जना गहिरो चिन्तामा पर्छन।शहरमा नाम चलेको हस्पिटल चहार्छन। डाक्टरको परामर्श लिन्छन। अनेक मठ-मन्दीर र भाकल गर्छन तर पनि कोखमा सन्तानको उदय हुन सक्दैन।दुबै जना चिन्ताले गल्दै जान्छन।एक दिन एक आफन्तको सल्लाह बमोजिम दुर शहरमा रहेको एउटा नामि र महँगो हस्पिटलमा पुग्छन।श्रीमान-श्रीमतीको विभिन्न स्वास्थ्य चेक जाँछ पछि डाक्टरले भन्छ- -"तपाँहरुको बच्

"बेसहारा पाइलाहरु (कथा)

बिछ्यौनामा   कोल्टो   फर्कन्दै   बोल्छिन्   बोजू -" ए   बुढो   किन   नसुतेको   निन्द्   परेन   हो ?"  -" हैन   भोलि   त   नयाँ   बर्ष   हो   नि !  एक   नबजि   निदाउन   हुन्न   रे   नि   त   नत्र   २   साल्   निदाएको   हुन्छ   रे   त्यसैले " मन्द   आवाजमा   जवाफ   दिए  बाजेले। -" नयाँ   बर्षको   करणले   त   अवस्य   हैन   होला ?" रहस्य   जान्ने   कोशिस   गर्दै   बोलिन्   बोजू।   बोजूको   कुरो   सुनेर   पनि   बाजे   स्तब्ध   रहि   रहे।   बाजेको   त्यो   स्तब्धता   देखेर   फेरि   बोलिन्   बोजू -" मनमा   धेरै   पीर   लागेर   निद्   परेन   हो   बुडो ?"  बाजेले  " उँ "  भन्ने   छोटो   जवाफ   दिए।   एक   क्षण   दुबैमा   शून्यता   छायो।   केहि   क्षण   पश्चात   बाजे   अलि   भारि   आवाजमा   बोले -" बुडि   धेरै   पहिले   देखि   तिमीलाई   केहि   भन्न   खोज्दैछु   तर   सकि   रहेको   छैन।अब   त   भन्न   अबेर   हुनै   पनि   लागिसक्यो "  -" के   कुरो   ल   भन्नोस् "  चासो   दिँदै   बोलिन्   बोजू। -" बुडि   मैले   भोलि   बिहान